सुनचाँदीको मुल्य घट्याे, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्याे, कति पुग्यो तोलाको ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार ११:२७