भुकम्पका कारण बैंकका एक सय शाखा पूर्णरुपमा क्षतिग्रस्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भुकम्पका कारण बैंकका एक सय शाखा पूर्णरुपमा क्षतिग्रस्त



काठमाडौं । बैशाख १२ गते आएको महाभूकम्पका कारण मुलुकभर बिभिन्न बैंकहरुका एक सय वटा शाखाहरु पूर्णरुपमा क्षतिग्रस्त बनेपछि बन्द भएका छन । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठका अनुसार बिभिन्न बैंकहरुको उपत्यका भित्र तथा बाहिर गरी एक सय वटा शाखाहरु बन्द भएका हुन ।

शाखा बन्द भएपनि बैंकिङ कारोबार भने नजिकैको अर्काे शाखाबाट सञ्चालन भईरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अधिकांश बैंकका शाखा कार्यालयहरु सामान्यरुपले चर्किएका छन् । राजधानीको नयाँ बसपार्क क्षेत्रका शाखाहरुमा भने अलि बढि नै क्षति पुगको उनले जानकारी दिए ।सो क्षेत्रमा बैंक अफ काठमाडौंका शाखा ध्वस्त भएको छ भने प्राइम बैंक, कृषि विकास बैंक तथा नबिल बैंकको कार्यालयमा समेत क्षति पुगेको छ ।

ग्लोबल आईएमई बैंकको केन्द्रिय कार्यालय समेत चर्किएको छ । नेपाल राष्ट्र बैंककै थापाथली कार्यालयमा समेत भूकम्पले क्षति गरेको छ ।

प्रकाशित : ३० बैशाख २०७२, बुधबार १०:०५