सांग्रिला डेभलपमेन्ट बैंकले १६.०७ प्रतिशत लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सांग्रिला डेभलपमेन्ट बैंकले १६.०७ प्रतिशत लाभांश वितरण गर्ने



sangrilaकाठमाडाै १४ म‌सिर । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १६.०७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा मंगलबार प्रकाशित एक सूचनाका अनुसार मंसिर १३ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट १६.०७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश वितरणको निर्णय भएको हो ।

बोर्ड बैठकको यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्छ । सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो आर्थिक वर्ष २०.८५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ४३ लाख खूूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी १ अर्ब ७ करोड रुपैयाँ रहेको छ । १६.०७ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी १ अर्ब २४ करोड रुपैयाँ पुुग्नेछ ।

 

प्रकाशित : १४ मंसिर २०७३, मंगलवार १५:१८