एनआई सी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावर बिच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एनआई सी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावर बिच सम्झौता



काठमाडौं । एन आई सी एशिया क्यापिटलले आईडिया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।

सोही सेवा अन्तर्गत ९.५ मेगावाटको मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

क्यापिटलले यस सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपीओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र हाईपीओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहीबार १८:०४