शुक्रबार पहिलो पटक कारोबार भएको नेप्सेमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शुक्रबार पहिलो पटक कारोबार भएको नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । शुक्रबार पहिलो पटक कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १५.८२ अंकले घटेर दुई हजार २ सय ३५ दशमलव ०९ विन्दुमा बन्द भएको हो ।

कारोबार रकममा पनि आज गिरावट आएको छ । आज ९२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनी मध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ, १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ भने १२ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

त्यस्तै, आज सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे शेयर २‍.७३ प्रतिशतले बढेर प्रतिकित्ता १४६९ रुपैयाँ पुगेकाे छ भने तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ४.९४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेलीको भएको छ । यस कम्पनीको आज ३ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार १५:४६