हिमालयन बैंकका लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन बैंकका लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर



काठमाडौं,  १५  मंसिर । हिमालयन बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंक को मंगलबार बसेको ३३८ औं सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले उक्त अनुपातमा लाभांश वितरण गर्ने जानकारी आज बुधबार नेपाल स्टक एक्सचेञ्जलाई दिएको हो ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

प्रकाशित : १५ मंसिर २०७३, बुधबार ०८:०२