कति छ साउथ इन्डियन अभिनेताहरुको सम्पत्ति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कति छ साउथ इन्डियन अभिनेताहरुको सम्पत्ति ?



naag_n_ntrकाठमाडौँ १५ मँसिर । साउथ इन्डियन अभिनेतालाई एक्सन स्टारका रूपमा चिनिने गरिन्छ । साउथका फिल्ममा एक्सनलाई बढी प्राथमिकता दिइने भएकाले एक्सन हिरोको पारिश्रमिक र कमाइ पनि निकै उच्च छ । फिल्म खेलेरै हजारौँ करोडका मालिक भएका स्टार थुप्रै छन् । भारतीय अनलाइनले एउटा रिपोर्ट प्रकाशित गरेको छ, जहाँ चर्चित अभिनेताहरूको सम्पत्तिबारे जानकारी छ ।

कमल हसन– १०८० करोड
हिन्दी फिल्मका दर्शकले चाची ४२० का अभिनेतालाई भुल्न सक्दैनन् । ती चर्चित कलाकार हुन् कमल हसन । कमलको कुल सम्पत्ति ६७५ करोड भारु छ । फिल्म अभिनयबाहेक रियल स्टेट र प्रोडक्सन हाउसबाट उनले सो सम्पत्ति कमाएको बताइन्छ । विशेषगरी कमल तामिल फिल्मका सुपरस्टार मानिन्छन् । उनका चाची ४२० बाहेक एक दुजेके लिए, सागर, हे रामलगायतका हिन्दी फिल्म चर्चित छन् ।

रजनीकान्त– ५३४.४ करोड
तामिल फिल्मका सुपरस्टार रजनीकान्तको कुल सम्पत्ति ३३४ करोड रहेको बताइन्छ । उनले तामिलबाहेक तेलेगु, मलायम, कन्नड र हिन्दी फिल्ममा अभिनय गरेका छन् । फिल्मका साथै रियल स्टेट, सेयर, प्रोडक्सन स्टुडियो उनको आम्दानीका स्रोत हुन् । विगत ४० वर्षदेखि फिल्म अभिनयमा निरन्तर रहेका रजनीले अन्धा कानुन, बिरासत, पाँच, बुलन्दी, खुनका कर्ज,इन्सानियतका देवता, गैरकानुनीलगायतका थुप्रै हिन्दी फिल्ममा अभिनय गरेका छन् ।

नागार्जुन– ५२८ करोड
तेलेगु फिल्मका सुपरस्टार नागार्जुनको कुल सम्पत्ति ३३० करोड भारु रहेको छ । मां टिभीका ठूला सेयर होल्डर रहेका नागार्जुन अन्नपूर्णा स्टुडियोका सञ्चालक पनि हुन् । अभिनयका साथै व्यवसायमा पनि अब्बल रहेका उनले अहिलेसम्म ९० फिल्ममा अभिनय गरेका छन् । हिन्दी दर्शकले भने उनलाई क्रिमिनल, मिस्टर बेचारा, अंगारे, अग्निवर्षा, एलओसीलगायत फिल्ममा देखिसकेका छन् ।

प्रभास– १२८ करोड
बाहुबलीका कारण हिन्दी दर्शकमाझ पनि चर्चामा रहेका अभिनेता प्रभासको कुल सम्पत्ति ८० करोड भारु छ । सन् २००२ मा ईश्वर फिल्मबाट करिअर सुरु गरेका प्रभासले छत्रपति, बिल्ला, एक निरञ्जन, डार्लिङ, रिबेल, मिर्चीलगायत फिल्ममा अभिनय गरिसकेका छन् । अब उनको बाहुबली २ अप्रिलमा रिलिज हुँदै छ । उनले एउटा फिल्ममा अभिनय गरेबापत २० करोड भारु पारिश्रमिक लिने गरेको बताइन्छ ।

रामचरण तेजा– २२४ करोड
एअरलाइन्स, पोलो राइजिङ क्लब,कोनिडेला प्रोडक्सन कम्पनी तथा मां टिभीका सेयर होल्डरसमेत रहेका रामचरणको कुल सम्पत्ति १४० करोड रहेको बताइन्छ । चिरञ्जीवीझैँ उनका छोरा रामचरणले पनि तेलेगु फिल्म उद्योगमा आफ्नो नाम चम्काएका छन् । यिनले चिरुथा, नायक, येवाडु, ब्रुस ली दि फाइटरलगायत हिट फिल्म दिइसकेका छन् । हिन्दी फिल्ममा भने उनलाई सफलता हात लागेन । उनले सन् २०१३ मा जन्जिर फिल्ममा अभिनय गरेका थिए । त्यो फिल्म फ्लप भयो ।

जुनियर एनटिआर–६४ करोड
मुख्यगरी तेलेगु फिल्मका स्टार मानिने जुनियर एनटिआरको कुल सम्पत्ति ४० करोड छ । सन् १९९६ मा रामायण फिल्ममा बालकलाकार भई अभिनय गरेको यिनी महसुर तेलेगु अभिनेता एनटी रामा रावका नाति हुन् ।

बालकृष्ण– १२८० करोड
तेलेगु फिल्मका अभिनेता बालकृष्णले सेयर, स्टुडियोलगायत क्षेत्रमा लगानी गरेका छन् । यिनको कुल सम्पत्ति ८०० करोड रहेको बताइने गरिन्छ । आन्ध्रा प्रदेशका पूर्वमुख्यमन्त्री एनटी रामा रावका छोरा बालकृष्णले १४ वर्षको उमेरमा अभिनय करिअर थालेका थिए । यिनले अहिलेसम्म एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

महेश बाबु– २१२.८ करोड
विशेषगरी तेलेगु फिल्मका अभिनेताका रूपमा चर्चित महेश बाबु अभिनयका साथै फिल्ममा लगानी पनि गर्छन् । पद्मालय स्टुडियो पनि सञ्चालन गरिरहेका महेश बाबुले सन् १९९९ को राजाकुमारुडू फिल्मबाट डेब्यु गरेका थिए । एक्सन लभर हिरोका रूपमा चिनिने महेश बलिउड अभिनेत्री नम्रता शिरोडकरका पति हुन् । यिनले अहिलेसम्म साउथमा चारचोटि उत्कृष्ट अभिनेताको अवार्ड जितिसकेका छन् । यिनको कुल सम्पत्ति २१२.८ करोड छ ।एेजेन्सीको सहयाेगमा

प्रकाशित : १५ मंसिर २०७३, बुधबार १०:३७