फेरि बढ्यो पेट्रोलको मूल्य, लिटरकै १८० रुपैयाँ, ग्याँसको मूल्य २ सयले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

फेरि बढ्यो पेट्रोलको मूल्य, लिटरकै १८० रुपैयाँ, ग्याँसको मूल्य २ सयले बढ्यो



काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । आयल निगमले आइतबार एक सूचना जारी गर्दै इन्धनको मूल्य बढाइएको बताएको छ । आइतबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाइएको हो । निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । पेट्रोलको मूल्य १८० रुपैयाँ लिटर पुगेको छ ।

यस्तै डिजेल, मट्टितेलमा पनि १० रुपैयाँ प्रतिलिटर मूल्य बढाइएको छ । खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढेको छ । अब ग्यासको मूल्य १८०० रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७९, आईतवार २१:५८