१ लाख २८ हजार मत गन्दा बालेनले कति पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

१ लाख २८ हजार मत गन्दा बालेनले कति पाए ?



काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन्।

पछिल्लो पटक सार्वजनिक मत परिणाम (सोमबार बिहान ८ बजेसम्म) १ लाख २८ हजार ४८५ मत गन्दा साहले ४३ हजार ८५० मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा १७ हजार ९०६ मतले अगाडि छन् ।

साहलाई पछ्याइरहेकी सिंहले २५ हजार ९४४ मत पाएकी छिन् । त्यस्तै, नेकपा एमालेका केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार ०८:१८