बुधबार नेप्सेमा उछाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुधबार नेप्सेमा उछाल



stockकाठमाडौँ १५ मंसिर ।

नेप्से परिसूचकमा बुधबार उछाल देखिएको छ । सेयर बजारमा उत्साहजनक सुधार आएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको बजारमा आज उल्लेखनीय रुपमा बढेको छ ।  तिब्र गिरावटका बिच सुधारको क्रममा रहेको शेयर बजार परिसुचक नेप्से बुधबार ५० अंक बढीले उकालो लागेको छ । अधिकांस कम्पनीको शेयरमा अधि मात्रामा खरिद चाप परेसँगै बजार खुलेदेखि उकालो लागेर केही बेर उतार चढाव हुदै बजार बन्द हुँदासम्म ५४ दशमलव ६५ अंकले सुधारिएको छ । बजार परिसुचक नेप्से बुधबार १६०८.३३ अंकमा उक्लिएको हो ।  यस क्रममा बुधबार नेप्सेमा एक सय ३५ कम्पनीका १५ लाख २५ हजार चार सय नौ कित्ता शेयर आठ हजार छ सय ८९ कारोबारबाट १ अर्ब ३६ करोड ३५ लाख ८१ हजार रुपैंयामा किनबेच भएका छन् । बुधबार एभरेष्ट बैंकको मात्र २० करोड बढीको शेयर कारोबार भएको छ ।

त्यस पछि बैंक अफ काठमाण्डू लुम्बिनी, शिखर इन्स्योरेन्स, सिद्धार्थ बैंक लगायतका वाणिज्य बैंक तथा बीमा कम्पनीको अधिक मात्रामा शेयर किनबेच भएको छ । होटल समुह स्थिर रहेको बजारमा सबै समुहगत परिसुचक तिब्र सुधारसँगै हरियाली छाएको छ। सबैभन्दा धेरै कमाउनेमा  सूचीमा भने विकास बैंक तथा लघुवित्त कम्पनीहरुको वर्चस्व देखिएको छ । नेशनल लाइफ इन्स्योरेन्सको अधिक शेयर मूल्य बढेको बजारमा दुई दर्जन कम्पनीहरुको शेयर मूल्य आठ प्रतिशत भन्दा बढीले महंगिएको छ । त्यसै गरी बजारमा गुमाउनेको सूचीमा लघुवित्त कम्पनी, बीमा कम्पनी तथा विकास बैंकहरु रहेका छन् ।

प्रकाशित : १५ मंसिर २०७३, बुधबार ११:२८