सेयर बजारको उचारचढाब सामान्यःगभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयर बजारको उचारचढाब सामान्यःगभर्नर



Dr_Chiranjibi_Nepalकाठमाडौं १५ म‌सिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले सेयर बजारको उचारचढाब सामान्य भएको धारणा  राखेका छन् । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नर नेपालले बजार घट्नु तथा बढ्नु सामान्य रहेको बताउँदै त्यसलाई ठूलो रुपमा नलिन आग्रह समेत गरे । नेपाल आर्थिक पत्रकार समाजको १९ औ स्थापना दिवसको अवसरमा गभर्नर नेपालले सेयर बजार विश्वव्यापी रुपमा घटबढ हुने भन्दै यसलाई दीर्घकालिन लगानीको रुपमा हेरिनुपर्ने बताए भने  सेयर बजारमा सवैभन्दा बढी हिस्सा बैंक तथा वित्तिय संस्थाको रहेकोले राष्ट्र बैंकले नजिकबाट हेरिरहेकाे  पनि दावी गरे ।

‘ बाणिज्य बैंकहरुको पुँजी आठ अर्व बनाउँदा पनि नेपाली जनताले नै आफ्नो पैसा हालेको उनले स्पष्ट पारे । सोही अवसरमा गभर्नर डा.नेपालले भारतीय ५०० र एक हजार रुपैयाँको विषयमा दैनिकजसो रिजर्भ बैंक अफ इन्डिया र भारतीय राजदुतसँग आफ्नो कुराकानी भइरहेको समेत जानकारी गराए ।
त्यस्तै रेमिट्यान्सको बृद्धिदर घट्दो रहेको जनाउँदै आयातमा निर्भर राजस्व र रेमिट्यान्सको भरमा राज्य सञ्चालन हुदा ठूलो दुर्घटना हुन सक्ने पनि बताए । उनले आन्तरिक रुपमा उत्पादन बढाउनका लागि राष्ट्र बैंकले व्यवसायीलाई कर्जा सहजीकरण गरिएको पनि दावी गरे ।

प्रकाशित : १५ मंसिर २०७३, बुधबार १३:३७