भारतमा पेट्रोल र डिजेलको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारतमा पेट्रोल र डिजेलको मूल्य बढ्यो



काठमाडौ,१५ मंसिर । भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । पेट्रोल प्रति लिटरमा १३ पैसा र डिजेल प्रति लिटरमा १२ पैसाले महङ्गिएको हो । नयाँ मूल्यसूचि आज मध्यरातिबाट नै भारतभर लागू हुने त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । ‘डिसेम्बर १ का दिन हामीलाई इण्डियन आयल कर्पोरेसनबाट आउने मूल्यसूचिले चाहि यहाँको मूल्य घटबढ हुन्छ ।’

भाउ वृद्धि पछि नयाँ दिल्लीमा पेट्रोल ६६.०६ भारु र डिजेल ५४.८३ भारु प्रति लिटर नयाँ मूल्य कायम भएको छ ।

यसअघि गत नोभेम्बर १६ मा पेट्रोल १.४६ र डिजेल १.५३ भारु सस्तो भएको थियो । यस्तै इण्डियन आयल कर्पोरेसनबाट आउने मूल्यसूचिले चाहि यहाँको मूल्य घटबढ हुने अाँकलन गरिएको छ ।

प्रकाशित : १५ मंसिर २०७३, बुधबार १५:१५