अब सरकारले किनेकै मूल्यमा पेट्रोलियम पदार्थ बेच्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अब सरकारले किनेकै मूल्यमा पेट्रोलियम पदार्थ बेच्ने



काठमाडौ । सरकारले अब खरिद मूल्य (परल) मूल्यमै पेट्रोलियम पदार्थ विक्री गर्ने भएको छ । सङ्घीय संसद्को आजको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएकी हुन् ।

अहिले खरिद मूल्यभन्दा कममा पेट्रोलियम पदार्थ विक्री गर्दै आएकाले निगमले ठूलो घाटा व्यहोर्नु परेपछि सरकारले खरिद मूल्यमा इन्धन बेच्ने भएको छ ।

यस अनुसार अब निगमले भारतबाट जति मूल्य (खरिद, ढुवानी लागत र करसहित कुल लागत)मा इन्धन आउँछ सोही मूल्यमा बेच्ने भएको हो ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलवार १७:१६