सेयरका बादशाह वारेन बफेटको सफलताको राज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सेयरका बादशाह वारेन बफेटको सफलताको राज



warren-buffet_jpg-1_14236विश्वको जोकोही व्यक्ति धन्न बन्न चाहन्छ । तर, सही जानकारी र सटिक रणनीतिको अभावमा सबै व्यक्तिको धनी बन्ने सपना पूरा हुँदैन । तर, एक व्यक्ति यस्ता पनि छन् जो  लगानीकोे बादशाहको रुपमा परिचित छन् । विश्वले यिनको रणनीतिलाई अचूक औषधि ठान्छ । तर, के तपाईंलाई थाहा छ कि वारेन बाफे कस्ता किताब पढेर लगानीको मन्त्र सिक्छन् होला ?  उनले कस्ता–कस्ता किताब पढेर लगानी गर्न सिकेका थिए वा उनलाई मन पर्ने पुस्तक कुन कुन हुन भन्ने महत्वपूर्ण जानकारी विदेशी मिडिया रिपोर्टका आधारमा दिन गइरहेका छौ । उनको यो जानकारीबाट तपाईंले पनि काफी फाइदा उठाउन सक्नुहुनेछ ।

द इन्टेलिजेन्ट इन्भेस्टर
बेञ्जामिन ग्राहमले लेखेको किताब ‘द इन्टेलिजेन्ट इन्भेस्टर’लाई वारेन बफे आफ्नो करिअरका लागि पथ प्रदर्शक ठान्छन् । बफे(ट)का अनुसार यदि तपाईंले लगानीबाट कमाउन चाहनुहुन्छ भने निकै धेरै अध्ययनशील हुन आवश्यक हुन्छ । एक अन्तर्वार्ताको क्रममा बफेले भनेका थिए कि उनी एकदिनमा कसमेकम ५ सय पृष्ठ पढ्छन । बफे(ट)का  अनुसार  बेञ्जामिन ग्राहमको यो किताब पढेपछि उनले लगानीका कयौं मन्त्रहरु सिके, यसको सोझो फाइदा उनको पोर्टफोलियोलाई भयो ।

कमन स्टक्स एण्ड अनकमन प्रोफिट्स
फिलिप ए फिशरले लेखेको किताब ‘कमन स्टक्स एण्ड अनकमन प्रोफिट्स’ बफेको दोश्रो मनपर्ने किताब हो । बफे(ट)का अनुसार लगानीको क्षेत्रमा यहाँसम्म आउनका लागि यही किताबले मुख्य भूमिका निर्वाह गरेको छ । फिशरले यो किताबमा लेखेका छन् कि सेयर छनौट गर्ने र त्यसलाई खरीद गर्दा तपाईंले के के कुरामा ध्यान पुर्याउनुपर्छ । यो किताबमा सेयरको विशेषता र लगानी गर्दा ध्यान दिनुपर्ने साना–साना कुराहरुमाथि पनि विश्लेषण गरिएको छ । यो किताबमा स्पष्ट भनिएको छ कि तपाईंले त्यस्तो कम्पनीको सेयर छान्नुपर्छ, जसको आम्दानी, लाभांश, बुकभ्यालू र पूँजी पर्याप्तता निकै मजबुत होस् ।

इजी इन पस्र्वैसन
वारेन बफे(ट) सेयर बजारसँग सम्बन्धित किताब मात्र पढ्छन भनेर सोच्नु गलत हो । जोन मेनार्डले लेखेको किताब ‘इजी इन पस्र्वैसन’ पनि वारेन बाफेको मनपर्ने किताब हो । यो किताबमा रुस र जर्मनको अर्थव्यवस्थाको बिषयमा चर्चा गरिएको छ । यो किताबमा भनिएको छ कि सन् १९१९ देखि १९३१ को अवधिमा यी दुई देशले कसरी मुद्रास्फिति नियन्त्रणमा सफल रणनीति अपनाए । बफेले यो किताबलाई एक उदाहरण मानेर  आफ्नो जीवनका कठिनाईहरुलाई अवसरमा बदल्ने सीप प्रयोगमा ल्याए र सफल भए ।

क्ल्यास अफ कल्चर्स
जोन बोगलेले लेखेको किताब ‘क्ल्यास अफ कल्चर्स’ पनि बफे(ट)लाई मन पर्ने किताबमध्येको एक हो । बफे(ट)ले यो किताबबाट यति धेरै कुरा सिके कि, सन् २०१२ मा आफ्नो कम्पनीको वार्षिक साधारणसभामा सेयरहोल्डरहरुलाई समेत यो किताब पढ्न सल्लाह दिए । बफेले आफ्नो सेयरहोल्डर पत्रमा यो किताबलाई उल्लेख गर्दै लेखे कि लगानीको क्षेत्रमा कसरी कल्चरको पनि आफ्नो योगदान महत्वपूर्ण हुन्छ ।

स्ट्रेस टेस्ट : रिफ्लेक्सन अन फाइनान्सियल क्राइसिस
यो किताबलाई अमेरिकी ट्रेजरी विभागका पूर्व सचिव टिम गिथनरले लेखेका हुन् । बफे(ट)का अनुसार यो किताब पढेपछि उनलाई फाइनान्सियल स्ट्रेसबाट कसरी पार पाउने भन्ने महत्वपूर्ण ज्ञान प्राप्त भयो । कसरी तपाईंको फाइनान्सियल क्राइसिसले तपाईंको स्ट्रेस लेभललाई प्रतिबिम्बित गर्छ, यो किताबमा यस्तै अनौठा विश्लेषणहरु समेटिएका छन् । यो किताबमा यस्तो समस्या कसरी टार्ने भन्ने बिषयमा पनि अजब–गजबका आइडियाहरु दिइएको छ ।

विजिनेश एडभेचर्स
वारेन बफे(ट)को लगानी रणनीतिलाई विश्वले नै अचूक सूत्र मान्ने गर्छ । अझ उनको सेयर बजारमा लगानीको टिप्सका लागि त विश्वभरिकै सेयर लगानीकर्ता प्यासी छन् । कुनै समय  विश्वकै धनी बिल गेट्सले वारेन बफे(ट)लाई सोधे–‘विजिनेशमा आधारित भएर लेखिएको कुनै राम्रो किताबको नाम भनिदिनुहोस् ।’ त्यसपछि बफे(ट)ले गेट्सलाई ‘विजिनेश एडभेचर्स’को नाम भनिदिए । यो किताबमा अमेरिकी सेयर मार्केट वाल स्ट्रीटको  १२ वटा अलग–अलग कथा समेटिएका छन्, जहाँ यो दर्शाइएको छ कि मानिस कसरी आफ्नो अवस्थालाई आफू अनुकुल ढाल्न सक्छ । बफे(ट)ले भनेकै कारण जब बिल गेट्सले यो किताब पढे, तब उनले भनेका थिए कि यो नै उनको जीवनको त्यसबेलासम्मको सबैभन्दा उत्तम किताब हो ।  यो समाग्री एजेन्सीको सहयोगमा तयार पारिएको हाे ।

प्रकाशित : २३ फाल्गुन २०७३, सोमबार ०४:०६