सुनचाँदीको मुल्यमा सामान्य बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा सामान्य बृद्धि



काठमाडौं । नेपाली बजारमा केहि दिनदेखि स्थिर रहेको सुनको मूल्यमा बुधबार वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार एक ७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२७० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार ११:०९