विदेशीहरुले डलर तस्करी गर्न नयाँ नयाँ शैली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विदेशीहरुले डलर तस्करी गर्न नयाँ नयाँ शैली



काठमाडौं । विदेशीहरुले डलर तस्करी गर्न नयाँ नयाँ शैलीको प्रयोग गरेका छन् ।  अवैध बाटो हुँदै डलर लैजान ठूलो मेहनत गरेपनि प्रहरीले पक्राउ गर्दा तस्करीमा संलग्न व्यक्तिहरु अच्चमित हुने गरेका छन् । यसै बिच सोमबार विदेशी मुद्राको अवैध कारोबारमा संलग्न एक ३९ वर्षिया चिनियाँ महिला पक्रउ परेकी छन् । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ९८ हजार ५ सय अमेरिकी डलर, २० हजार ५ सय २० चिनियाँ युआन र १३ हजार १ सय १५ रुपैयाँ चीन लान खोज्ने चिनिया युवती यानुहुइ होङलाई सोमबार विमानस्थलबाट पक्राउ गरेको हो ।22222222

विमानस्थलमा सुरक्षा जाँचका क्रममा ३९ यानुहुइ होङ पक्राउ परेकी हुन् । उनले २२ वटा रोल बनाएर अमेरिकी डलर हाते ब्यागको डण्डीमा टल्कने कागजले बेरी ब्याट्रीको आकारमा लान खोजेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विजयलाल कायस्थले बताए ।

यसअघि चैतको अन्तिममा नेपाल आएकै दिन चीन फर्केकी होङ दोश्रो पटक तीन साता नेपाल बसेका कारण अवैध विदेशी मुद्राको कारोबारमा उनलाई अरुले साथ दिएको प्रहरीको अनुमान छ । तर होङले अनुसन्धानमा असहयोग गरेका कारण उनलाई विदेशी मुद्राको अवैध कारोबारमा सहयोग गर्नेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १ असार २०७२, मंगलवार ०५:४०