बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु(रुटसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु(रुटसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन साह निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । निकटतम प्रतिद्वन्द्वी भन्दा निकै मतको अग्रता बनाइरहेका साह विजयी भएका हुन् । साहले ६१ हजार ७६७ मत पाएका छन ।

महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छन् । निर्वाचित भएको औपचारिक घोषणासँगै बालेनको विजय उत्सव सुरु भएको छ । बालेनका समर्थकहरुले विजय जुलुशलाई उत्सव नभई धन्यवाद र्याली भनेका छन् ।

सभागृहबाट सुरु भएको र्याली भद्रकाली–त्रिपुरेश्वर–माइतीघर–बबरमहल–बिजुलीबजारबाट युएन पार्कतर्फ मोडिने जनाइएको छ । त्यहाँबाट शान्तिनगर–तिनकुने–कोटेश्वर–जडिबुटी पुगेर पुनः कोटेश्वर फर्केर सिनामंगल–एयरपोर्ट–तिलगंगा–गौशला–चावहिल–महाराजगन्ज–सामाखुशी–नयाँ बसपार्क हुँदै र्याली नयाँ बसपार्क पुगेपछि बालाजु–स्वयम्भु हुँदै सितापाइला–कलंकी–बल्खु–कुलेश्वर–कालीकामी–टेकु–त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार १०:४४