सुनचाँदीको मुल्यमा बृद्धि, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा बृद्धि, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि छ । बिहिबार सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार एक ५ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२७० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार ११:३९