मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पुर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पुर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

केन्द्रिय बैंकले पुनरकर्जाको सिमालाई घटाउने संकेत गरेको छ। केन्द्रिय बैंकले कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने भएको ।

मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने समीक्षामा उल्लेख छ । शेयर लगानीकर्ताहरुले शेयर बजारको ४/१२ नीति परिमार्जनको माग गर्दै आएका थिए । तर, राष्ट्र बैंकले उक्त नीतिबारे कुनै पनि परिमार्जन गरेको छैन ।

विश्वव्यापी रुपमा भइरहेको वस्तु तथा इन्धनको मूल्यवृद्धि र सार्वजनिक यातायातको भाडादरमा गरिएको समायोजनलगायतका कारणहरुले नेपालमा समेत मूल्यमा चाप पर्न गएको उसको विश्लेषण छ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार १२:४१