नेप्सेमा १५.८२ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा १५.८२ अंकको गिरावट



काठमाडौं । केहि दिनदेखि निरन्तर बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन अर्थात आज शुक्रबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.८२ अंकले घटेर दुई हजार २ सय २३ दशमलव ७८ विन्दुमा रोकिएको छ ।

त्यस्तै, आज शेयर बजार कारोबार रकममा भने सुधार देखिएको छ । आज १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि रु रु जलविद्युत परियोजनाको शेयरमूल्यमा ६ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ । यसको शेयर प्रतिकित्ता ९०० सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज दिव्याश्वरी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, अप्पर तामाकोशी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र साम्लिङ पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

यस कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज १७ करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार १५:४०