अायो एनआइबिएल क्यापिटलको दोश्रो म्युचुुअल फण्ड , कहाँ-कहाँबाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अायो एनआइबिएल क्यापिटलको दोश्रो म्युचुुअल फण्ड , कहाँ-कहाँबाट दिने आवेदन ?



indiatv-paisa-mutual-fundsकाठमाडौ,१६ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटलले दोश्रो म्युचुुअल फण्ड समेत ल्याएको छ । उसले प्रवद्र्धन गरेको ७ वर्षे बन्दमुखी स्कीम एनआइबिएल प्रगति फण्डले ६० करोड रुपैयाँको ६ करोड कित्ता सेयरको सार्वजनिक निश्कासन गरेको हो । मंसिर १६(बिहीबार)देखि खुलाइएको सार्वजनिक निश्कासन मंसिर २० सम्म रहनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम एकसयदेखि अधिकतम ६० लाख इकाईसम्मका लागि आवेदन दिनसक्नेछन् ।  यो म्युचुुअल फण्ड कम्पनीले १० सय रुपैयाँ अंकित मूल्यको ६ करोड इकाईमा लगानीको अवसर सार्वजनिक गरेको हो ।

कुल निश्कासित इकाईमध्ये १५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक र एनआइबिएल क्यापिटलका लागि छुट्याइएको छ । यो १५ प्रतिशतमा १३.३३ प्रतिशत(८० लाख इकाई) नेपाल इन्भेष्टमेन्ट बैंक र १.६६ प्रतिशत(१० लाख इकाई)मा एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडको लगानी रहेको छ ।

सर्वसाधारणका लागि भने कुल ५ करोड १० लाख इकाई छुट्याइएको छ । यो सार्वजनिक निश्कासनको बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको यसअघि पहिलो म्युचुुअल फण्ड एनआइबिएल समृद्धि फण्ड १ नेप्सेमा सूचिकृत छ । नोभेम्बर २३ को मितिमा यो कम्पनीको प्रति इकाई अन्तिम कारोबार मूल्य १२.४५ रुपैयाँ रहेको छ । यो स्किमको हालको नेट एसेट भ्यालू(एनएभी) १६.१ रुपैयाँ रहेको छ । यो भ्यालूू असोज अन्तिमसम्मको कारोबारको आधारमा निकालिएको हो । नेपालमा हालसम्म ९ वटा म्युुचुुअल फण्डहरु छन्, जसमध्ये ७ वटा नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत छन् ।

कहाँ-कहाँबाट दिने आवेदन ?
१.एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड, लाजिम्पाट, काठमाण्डौ । सम्पर्क  :बद्री प्याकुरेल । सम्पर्क- ०१४००५०८०
२.नेपाल इन्भेष्टमेन्ट बैंकका काठमाण्डौ र अन्य जिल्लाका प्रत्येक शाखाबाट समेत आवेदन दिन सकिने । सम्पर्क-०१४००५०८०

प्रकाशित : १६ मंसिर २०७३, बिहीबार ०९:०६