लेखापरिक्षण र आर्थिक विवरण पेश नगरेपछि २ ब्रोकरलाई कारवाही, कारोवार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लेखापरिक्षण र आर्थिक विवरण पेश नगरेपछि २ ब्रोकरलाई कारवाही, कारोवार रोक्का



काठमाडौं १७ मंसिर । नेपाल धितोपत्र बोर्डले आर्थिक विवरण पेश नगर्ने ब्रोकर कम्पनीको कारोवार रोक्का गरेको छ । बिवरण बुझाउन ताकेता गर्दा पनि वेवास्था गरेपनि बोर्डले अरुण सेक्युरिटीज र स्टक ब्रोकर ओपल सेक्युरिटीज एक्सचेन्जको कारोवार रोक्का गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन २०६३ बमोजिम आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्रधितोपत्र व्यवसायीहरुले पेश गर्नुपर्ने लेखापरिक्षण नाफानोक्सानको हिसाव, वासलात र नगद प्रवाह विवरण तथा अन्य आवश्यक आर्थिक् विवरणहरु पेश गर्नुपर्ने हुन्छ ।

तर ती कम्पनीले नियमको वेवास्था गरी हालसम्म पनि नबुझाएकाले कारोवार रोक्का गरिएको बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । साथ उक्त विवरण पेश नगरेसम्म ती कम्पनीको धितोपत्र कारोवारमा रोक लगाइने छ ।

प्रकाशित : १७ मंसिर २०७३, शुक्रबार ०३:१८