राष्ट्र बैंकको कार्यकारी निर्देशकहरुमा हेरफेर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्र बैंकको कार्यकारी निर्देशकहरुमा हेरफेर



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको जिम्मेवारीमा फेरबदल भएको छ । नियमन विभागको कार्यकारी निर्देशकमा नारायणप्रसाद पौडेल सरुवा भएका छन् । यसअघि उनी वाणिज्य बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकरुपमा जिम्मेवारी लिर्इरहेका थिए । वाणिज्य बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी महेश्वरलाल श्रेष्ठले पाएका छन् ।

सहायक प्रबक्ता राजेन्द्र पण्डितले दिएकाे जानकारी अनुसार आन्तरिक लेखापरिक्षण विभाग प्रमुखको जिम्मेवारी बासुदेव अधिकारीले पाएका छन् । अधिकारीले कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन् । राष्ट्र बैंकमा कामु कार्यकारी निर्देशक जिम्मेवारी पाउनुलाई कार्यकारी निर्देशक हुनु जस्तै नै मानिन्छ । कामु कार्यकारी निर्देशक भएको व्यक्तिलाई केही समयमछि कार्यकारी निर्देशकमा पदोन्नति गर्ने चलन छ ।

हाल राष्ट्र बैंकमा ७ वटा विभागीय प्रमुखमा कामु कार्यकारी निर्देशक छन् । वित्त व्यवस्थापन विभागमा डा वामदेव सिग्देल, गभर्नर कार्यालयमा भुवनेश पन्त, वित्त कम्पनी सुपरिवेक्षण विभागमा एजेन्द्रप्रसाद लुईटेल, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागमा उपेन्द्रकुमार पौडेल, जनशक्ति व्यवस्थापन विभागमा डा गोपाल प्रसाद भट्ट र भुक्तानी प्रणाली विभागमा डा नेफिल मतन्गी मास्के कामु कार्यकारी निर्देशक रहेका छन् ।

प्रकाशित : १९ मंसिर २०७३, आईतवार १४:२६