एनसीसीमा चार विकास बैंक मर्जरको अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसीसीमा चार विकास बैंक मर्जरको अन्तिम स्वीकृति



ncc-apex-supreme-international-development-bank-696x522काठमाडौं, २०  मंसिर। नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र चारवटा विकास बैंकबीच मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले एनसीसीलाई सुप्रिम डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो ।

एनसीसीमा चारवटा विकास बैंक मर्जरमा लैजानका लागि अन्तिम स्वीकृति दिइएको राष्ट्र बैंकका एक सञ्चालकले पुष्टि गरे ।

राष्ट्र बैंक स्रोतका अनुसार एनसीसीलाई मर्जरमा लैजानका लागि अन्तिम स्वीकृति दिने विषयमा सञ्चालक समितिमा विवाद भएको थियो । यसअघिका बैठकमा मर्जरका लागि छलफल हुँदा मर्जर स्वीकृतिको प्रस्ताव एकमतले पारित हुन सकेको थिएन ।

आइतबार बसेको सञ्चालक समिति बैठकमा एनसीसीमा चारवटा विकास बैंक मर्जर गर्ने विषयमा राष्ट्र बैंक सञ्चालक बिकेमान सिंहले फरक राखेको स्रोतले जानकारी दियो । अन्य सञ्चालकहरु भने भने अन्तिम स्वीकृति दिने पक्षमा थिए ।

एनसीसीको सञ्चालक समिति अहिले राष्ट्र बैंकको नियन्त्रणमा छ । बैंकमा मुख्य लगानी रहेका विवादास्पद व्यावसायिक समूह एनबी ग्रुपले काठमाडौं जिल्ला अदालतमा मर्जर प्रक्रिया स्थगित गर्नका लागि मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले मर्जर प्रक्रियालाई यथास्थितिमा राख्न आदेश दिए पनि राष्ट्र बैंक सञ्चालक समिति बैठकले मर्जरका लागि अन्तिम स्वीकृत दिने निर्णय गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रकाशित : २० मंसिर २०७३, सोमबार ०९:१०