सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलामा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलामा ?



काठमाडौं । साताको पहिलो दिन आज (आईतबार) सुनको मूल्यमा गिरावट आएको छ । गत साता सुनको मूल्य प्रतितोला ९८ हजार ५०० सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ६०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ९०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्य पनि घटेको छ । गत साता चाँदीको मूल्य प्रतितोला १२९० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २२ जेष्ठ २०७९, आईतवार ११:१२