सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्काशन गर्ने पक्का,सानिमा क्यापिटल बिक्री प्रबन्धक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्काशन गर्ने पक्का,सानिमा क्यापिटल बिक्री प्रबन्धक



636165511814287855काठमाडाै २० म‌सिर । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले २५ प्रतिशत अर्थात १०ः२.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जसका लागि बैंकले सानिमा क्यापिटल लिमिटेडलाई विक्री प्रवन्धक नियुक्त गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको पूँजीवृद्धि निर्देशन तथा बैंकको दशौं वार्षिक साधारण सभावाट पारित निर्णय अनुसार हकप्रद निष्काशनको तयारीमा लागेको  हो ।

निष्काशनको लागि सोमबार बैंक र सानिमा क्यापिटल लिमिटेड बीच सम्झौता भएको छ ।  सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकले एक करोड ३८ लाख ४३ हजार ३ सय ८० कित्ता हकप्रद शेयर चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा निष्काशन गर्नको लागी आवश्यक सम्पूर्ण कार्य गर्न उक्त क्यापिटललाई जिम्मा दिइएको छ ।

हाल बैंकको चुक्ता पूंजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेकोमा २५ प्रतिशत हकप्रद शेयरको वांडफांड पश्चात बैंकको चुक्ता पूंजी ६ अर्व ९२ करोड १६ लाख ९० हजार पुग्ने बैंकले जनाएको छ ।बैंकले चालु आर्थिक बर्षको मुनाफाबाट एक अर्ब बढीको बोनश वितरण गरेर बैंकले ८ अर्ब पूँजी पुर्याउने देखिएको छ ।

बैंकले गतबर्ष ५५ प्रतिशत हकप्रद बिक्री र ७५ करोड बराबरको बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित : २० मंसिर २०७३, सोमबार १४:२३