एनएलजी इन्स्योरेन्सले २५ प्रतिशत बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएलजी इन्स्योरेन्सले २५ प्रतिशत बोनस दिने



260x175xNLG.jpg.pagespeed.ic.ltB991xtAwकाठमाडौं, २१ मंसिर  । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको १९४ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ३१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

संचालक समिति बैठकले प्रस्ताव गरेको उक्त लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पनि पारित हुनुपर्ने छ ।

यो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३५ लाख रुपैयाँ खूद नाफा कमाएको थियो ।

प्रकाशित : २१ मंसिर २०७३, मंगलवार १०:३५