डिप्रोक्स लघुवित्त विकास बैंकले एक सय प्रतिशत हकप्रद सेयर ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डिप्रोक्स लघुवित्त विकास बैंकले एक सय प्रतिशत हकप्रद सेयर ल्याउने



diprosकाठमाडौं २१ मंसिर  । डिप्रोक्स लघुवित्त विकास बैंकले एक सय प्रतिशत हकप्रद सेयर ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले २५ करोड ७९ लाख २३ हजार आठ सय ४५ रूपैयाँको हकप्रद सेयर बिक्री गर्न लागेको हो । डिप्रोक्सले एक सय प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी ५१ करोड ५८ लाख रूपैयाँभन्दा बढी पुग्नेछ ।

हाल डिप्रोक्सको चुक्ता पुँजी २५ करोड ७९ लाख २३ हजार रूपैयाँभन्दा बढी छ । हकप्रद निष्कासन गर्न बैंकले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

धितोपत्र बोर्डबाट अनुमति पाउने बित्तिकै हकप्रद निष्कासन प्रक्रिया अघि बढाउने बैंकको योजना छ । डिप्रोक्सको जगेडा कोष निकै आकर्षक छ । यो बैंकको जगेडामा ५१ करोड २८ लाख रूपैयाँभन्दा बढी पैसा छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा डिप्रोक्सले ६ करोड ९३ लाख ४७ हजार एक सय ११ रूपैयाँ खुद नाफा कमाएको छ । यो बैंकको प्रतिसेयर आम्दानी २६ रूपैयाँ ८९ पैसा अनि प्रतिसेयर नेटवर्थ २९८ रूपैयाँ ८४ पैसा छ ।

प्रकाशित : २१ मंसिर २०७३, मंगलवार १४:३२