टुरिजम् डेभलपमेन्ट बैंकको ”१९९ दिने स्वर्णिम मुद्धती निक्षेप योजना” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

टुरिजम् डेभलपमेन्ट बैंकको ”१९९ दिने स्वर्णिम मुद्धती निक्षेप योजना”



823x461-1481017658199-days-fd-1काठमाडौं २१ मंसिर  । टुरिजम् डेभलपमेन्ट बैंकले ग्राहकहरुका लागि उच्च प्रतिफल प्रदान गर्ने गरी ”१९९ दिने स्वर्णिम मुद्धती निक्षेप योजना” ल्याएको छ ।

यस मुद्दती निक्षेप योजनाको अवधि १९९ दिन रहेको छ । यो योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु ५००,००० (पाँच लाख रुपैया) मा ९ प्रतिशतको आकर्षक ब्याजदर मुद्दती अवधिको समाप्तिमा पाउने बैंकको नायव प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले बताएका छन् ।

यस्तै, बैंकले आफ्ना ग्राहकका लागि सो मुद्दती निक्षेपको ९५ प्रतिशतसम्मको सरल कर्जा सुविधा पनि उपलब्ध गराउने व्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित : २१ मंसिर २०७३, मंगलवार १६:०३