अब भारतबाट अक्सिन मार्फत पैसा,डलर बेचेर भारतीय रुपियाँ किन्नुपर्ने नेपालको वाध्यता कमी आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

अब भारतबाट अक्सिन मार्फत पैसा,डलर बेचेर भारतीय रुपियाँ किन्नुपर्ने नेपालको वाध्यता कमी आउने



ime-oxygen-696x464काठमाडौं, २२ मंसिर  । अब नेपालीहले भारतबाट अक्सिजनमार्फत पैसा पठाउन सक्ने भएका छन् । यसअघि बैंकिङ्ग प्रणलीबाट मात्रै पैसा पठाउने व्यवस्था रहेकोमा नेपालको अग्रणी रेमिटेन्स कम्पनी आईएमईले अक्सिजन सर्भिस इण्डिया प्रा.लि संगको सहकार्यमा उक्त कार्यको थालनी गरेको हो ।

बुधबार होटल साँग्रिलामा दुई संस्थाबीच औपचारिक रुपमा रेमिटन्स सेवा सम्झौता भएको छ । सो कार्यक्रममा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र अक्सिजन इण्डिया प्रा.लिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेना लगायत आईएमई तथा अक्सिजन इण्डिया प्रा.लिका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका प्रवन्ध निर्देशक ढकालले डिजिटल्स फाईनान्सीयल सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र विस्तारै डिजिटल्स फाईनान्सीयल सेवामा प्रवेश गर्दै गरेको आईएमईवीच भएको सेवा शुभारम्भले इण्डियामा रहँदै आएका लाखौँ नेपाली दाजुभाईहरुको कमाईलाई छिटो, छरितो र विश्वसनीय ढंगले नेपाल भित्राउन सहज हुने विश्वाश व्यक्त गरे । यो सहकार्यले डलर बेचेर भारतीय रुपियाँ किन्नुपर्ने नेपालको वाध्यतालाई थोरै भएपनि कम गर्ने विश्वाश व्यक्त गर्ने उनको विश्वास छ ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अक्सिजन इण्डिया प्रा.लिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेनाले अक्सिजन इण्डियाको इतिहासमा आईएमईसँगको व्यवसायीक साझेदारी कोशेढुंगा भएको भन्दै यो सेवाले इण्डियामा बस्दै आएका लाखौँ नेपालीहरुलाई सहज रेमिटेन्स सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

भारतका ३० हजारभन्दा बढी सेवा केन्द्रहरु मार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र आईएमई लिमिटेडवीच भएको सेवा शुभारम्भले इण्डो–नेपाल रेमिटेन्सलाई अझै बढी संस्थागत र औपचारिक बनाउने विश्वास लिइएको छ ।

हाल आईएमईले १४९ आईएमई सेन्टर सहित ७५ जिल्लाका ५,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २२ मंसिर २०७३, बुधबार १२:४१