पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयाे



काठमाडौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ।

इन्डियन आयल कर्मोरेशनले आज पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ।

नयाँ मूल्य सूचीअनुसार, पेट्रोल प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेल प्रतिलिटर १९.०३ पैसा र हवाई इन्धन प्रतिलिटर १९.९१ रुपैयाँ बढेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन्।

अहिले आयल निगमले पेट्रोल प्रतिलिटर १७८, डिजल १६५, मट्टितेल १६५, हवाई इन्धन आन्तरिकतर्फ १६६ र एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सयमा बिक्री गर्दै आएको छ।

नयाँ मूल्य सूचीअनुसार, निगमलाई पेट्रोलमा प्रतिलिटर ३१.२८ रुपैयाँ, डिजलमा ३७.१६ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ २.७० रुपैयाँ र एलपी ग्यासमा ७५१.१४ रुपैयाँ घाटा हुने अवस्था आएको प्रवक्ता उपाध्यायले जानकारी दिएका छन्।

प्रकाशित : २ असार २०७९, बिहीबार २०:४७