राष्ट्रिय सहकारी वैंकले साँढे तेह्र प्रतिशत लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

राष्ट्रिय सहकारी वैंकले साँढे तेह्र प्रतिशत लाभांश वितरण गर्ने



bb22काठमाडौं \ राष्ट्रिय सहकारी वैंकले साँढे तेह्र प्रतिशत लाभांश वितरण गर्ने भएको छ । वैंकको १३ औं वार्षिक साधारण सभामा सदस्य सहकारी संघ संस्थालाई साँढे तेह्र प्रतिशत लाभांश दिने प्रस्ताव गरीएको वैंकका प्रवन्ध संचालक केवी उप्रेतीले प्रत्रकार सम्मेलनमा जानकारी दिए ।
वैंकले १० अर्व नौ करोड निक्षेप तथा ७९ करोड ५५ लाख २९ हजार शेयर पूँजी संकलन गरी सात अर्व ४३ करोड लगानी गरेको प्रवन्ध संचालक उप्रेतीले जानकारी गराए भने वैंकका ३७ वटा शाखा र आठ हजार पाँच सय ८७ सदस्य रहेको समेत प्रवन्धक उप्रेतीले वताए । सम्मेलनमा वैंकका अध्यक्ष रमेश पोख्रेलले सहकारी वैंक सहकारी संघ संस्थाको प्रवद्धन,विकास एवं तीनीहरुको वित्तिय आवश्यकता पुरा गर्ने उद्देश्यले स्थापना भएको वैंकले नेपाल राष्ट्रवाट सिमित वैंकिङ्ग कारोवारको अनुमती लिएको वताए । उनले सहकारी वैंकलाई विभिन्न अन्तराष्ट्रिय वित्तिय संघ संस्थाहरु संग सहकार्य गर्दै विश्वको नमूना मोडलकारुपमा लैजाने तयारी भैरहेको जानकारी दिए । वैंकको १३ औं वार्षिक साधारण सभा आज हुँदैछ ।

प्रकाशित : १८ मंसिर २०७३, शनिबार १५:०३