सरकार शेयर बजारलाई घाँटी थिचेर मार्न खोजेको हो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कुराकानी

सरकार शेयर बजारलाई घाँटी थिचेर मार्न खोजेको हो ?



आन्दोलनले शेयर कारोबार बढाउने घटाउने भन्ने हैन् । हाम्रो कुरा भनेको नियामक निकायले आफ्नो काम गरोस भन्ने हो । पुँजीबजारमा ४ र १२ को नितिले मात्र अप्ठेरो परेको नभएर बजारमा बैंक वित्तिय संस्थाको रिपोर्टिङ पारामिटर परिवर्तन, राष्ट्र बैकसंग रहेको ५०० अर्ब रिर्जबको चलन गर्ने पोलिसि, माईक्रो फाईनान्सहरुले २० प्रतिशत भन्दा बढी बोनस दिन नपाउने नितिहरुले पनि उत्तिकै भुमिका खेलेको छ । त्यसैगरी बैकहरुले माईक्रो फाईनान्सको शेयर राख्न नपाउने भनिएको छ । शेयर लोनको रिक्सको भारलाई १०० लाई १५० गरीदियो । बैंकहरुको त्यसमा के रिक्स छ र शेयर बजारमा ? यस्तो गरेर नियामक निकायहरुले शेरबजारलाई हेपेको छ ।

सरकार शेयर बजारलाई घाटी थिचेरमार्न खोजेको हो ? नियमनकारी निकायले गर्न खोजेको कुरा के हा े? त्यो कुरा हामीलाई बुझाउनु पर्याे । शेयरबजार भनेको अर्थतन्त्रको एउटा मेरुदण्ड हो । त्यहि शेयरबजारलाई विदेशमा कति धेरै माया गर्छन् । यहाँ त प्रि प्लान बिनै एकैपटक निति नियम लागु गरेर घाँटी न्याक्ने काम सरकारले गर्छ ।

सरकारको अदुरदर्शीताले गर्दा लगानीकर्ताको १५ खर्ब लगानी गुमेको छ । ४४ खर्बको मार्केट २९ खर्बमा झरेको छ । लगानीकर्ताको अवस्था बेहाल छन् । जसले गर्दा आत्महत्याको कुराहरु बाहिर आएको छ । फरक फरक संगठनबाट आवाज उठाएपनि हाम्रो सबैको माग एउटै हो र सर्मथन सबैको छ । अनशन बसेर सरकार संग माग राखेको छौ । भोलि तिलक कोईरालाको स्वास्थ्य तलमाथी भयो भने त्यसको जिम्वेवार को हुने ?

अर्थमन्त्रालयले ४ सदस्य समिती गठन गरेको छ । त्यो लगानीकर्तालाई मान्य छैन् । शेयर बजार हाम्रो हो, पुुँजी हाम्रो हो, लगानी हाम्रो हो । समिति गठन गरेर त्यसमा पुँजीबजार लगानीर्ताको व्यक्ति त्यसमा संलग्न छैन । यसको बैधानिकता के भन्ने प्रश्न पनि छ ।

लगानीकर्ता नराखी समिति गठन गर्नु उचित छैन । लगानीकर्ताको आवाज उठाउने चाहियो लगानीकर्ताको समस्या के हो त्यो बुझ्न जरुरी छ । त्यसमा मुख्य व्यक्ति नै समावेश छैन भने त्यो समिति गठन गरेर काम छैन् । यसबाट पुँजी बजारको समस्या समाधान नह्ने यो केवल आखामा छारो हाल्ने काम मात्र भएको छ । सरकार, धितोपत्र बोर्ड, राष्ट्र बैकले पुँजीबजारको समस्यालाई आलटाल गर्ने काम मात्र गरेको छ ।

अहिलेको बजार करिब ४० प्रतिशत घटिसकेको छ । ३२ सयको शेयर आज १९ सयको हाराहारीमा आएको छ । यो हिसाबले हेर्दा शेयर मुल्य ३८ / ४० प्रतिशत घटेको छ । समग्रमा भन्ने हो भने अहिलेको समय भनेको लगानीकर्ताको लागि एकदमै जटिल समय हो ।

यसले अर्थतन्त्रलाई नकारात्मक असर पार्छ र पारिरहेको छ । तर सधै खस्छ र तल झर्छ भन्ने छैन असोज लागेपछि बैकहरुको शेयर दुई तिन सयले पाईरहेको छ । उनीहरुले बोनस दिने भनेको १५ प्रतिशत छ । त्यो भनेको धेरै राम्रो हो नयाँ लगानीकर्ताको लागि यहि शेयर ईन्डियाको बैकसंग तुलना गर्ने हो भने १२०० / १५०० आईसी हुन्छ । त्यसैले जो संग पैसा छ उसले लगानी गर्ने समय भनेको अहिले नै हो जुन लामो समयका लागि .लगानी गर्न चाहन्छ त्यसका लागि यो समय भने को रेड जोन भनेको अहिले हो अहिले जसले लगानी गर्छ उसलाई धेरै राम्रो हुन्छ ।

तर लगानीकर्ताको अझै घट्छ र किनौला भनेर पर्खने बानीले गर्दा उभो नलागेका हुन । ५० देखि २० प्रतिशत भन्दा कति घट्ने अहिले तरलता अभावले गर्दा मार्केट तल आएको हो । सधै एक नास हुदैन सरकारले पनि केहि गर्ला । धितोपत्र बोर्डले नि केहि गर्ला नगर्ने कुरै छैन ।

( राैनियारसंग नमिता दुलालले गरेको कुराकानीमा आधारित )

प्रकाशित : ५ असार २०७९, आईतवार १५:१७