नेपाल लाइफ इन्स्योरेन्सले कार्यालय प्रयोजनका लागि १८ करोड ११ लाखमा घरजग्गा खरिद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल लाइफ इन्स्योरेन्सले कार्यालय प्रयोजनका लागि १८ करोड ११ लाखमा घरजग्गा खरिद



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा घर जग्गा खरिद गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक प्रयोजनका लागि २ वटा घरजग्गा खरिद गरेको जनाएको छ ।

कम्पनीको चैत ७ गते बसेको संचालक समितिको ३३४ औं बैठकको निर्णयले घर जग्गा खरिद गर्ने निर्णय गरेको थियो भने बीमा समितिले कम्पनीलाई जेठ ३० मा घर जग्गा खरिदको लागि स्वीकृति प्रदान गरेको थियो ।

कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा अवस्थित बालमुकुन्द तुलाचनको नाममा रहेको कित्ता नं. ९२ को २ वटा घरसहित २९९ वर्ग मिटर क्षेत्रफल जग्गा १७,२५,००,००० र रजिष्ट्रेशन शुल्क ८६,२५,००० गरी जम्मा जम्मा १८ करोड ११ लाख २५ हजार रुपैयाँमा कम्पनीको व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि घर खरिद गरिएको हो।

प्रकाशित : ६ असार २०७९, सोमबार १६:३५