यस्तो छ प्रदेश १ मा सहकारीको अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

यस्तो छ प्रदेश १ मा सहकारीको अवस्था



काठमाडौं । प्रदेश १ मा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएका बचत तथा ऋण सहकारी संस्थामध्ये ऋण लगानीका आधारमा छुट्याईएका १० वटा ठुला बचत तथा ऋण सहकारी संस्थाको आधारमा २०७७ पुस मसान्तको तुलनामा गत बर्ष पुस मसान्तमा सहकारी संस्थाको कुल पुँजी २३.० प्रतिशतले बढेको छ । राष्ट्र बैकको प्रतिवेदन अनुसार २०७७ पुस मसान्तमा सहकारी संस्थाको पुँजी १४.३ प्रतिशतले वृद्धि भएको थियो ।

त्यसैगरी अघिल्लो बर्षको पुस मसान्तको तुलनामा गत बर्ष पुस मसान्तमा सहकारीको कुल बचत २४.९ प्रतिशत र कुल कर्जा ४९.५ प्रतिशतले बढेको छ । २०७७ पुस मसान्तमा सहकारीको बचत ३२.० प्रतिशत र कर्जा २१.२ प्रतिशतले बढेको थियो ।

२०७७ पुस मसान्तको तुलनामा २०७८ पुस मसान्तमा सहकारी संस्थाको सदस्य संख्या १६.७ प्रतिशत र कर्मचारीे संख्या २३.१ प्रतिशतले बढेको छ । २०७७ पुस मसान्तमा सहकारी संस्थाकोसदस्य संख्या ११.९ प्रतिशत र कर्मचारी संख्या १९.६ प्रतिशतले बढेको थियो ।

सहकारी संस्थामा बैंक तथा वित्तीय संस्थाको तुलनामा निक्षेपमा बढी व्याज पाइने, कर्जा लिने प्रक्रिया छोटो तथा कम झन्झटिलो हुने भएकाले बचत गर्न तथा ऋण लिन सर्वसाधारणको आकर्षण बढेको देखिन्छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार १४:३०