टोखा–नुवाकोट सुरुङमार्ग तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टोखा–नुवाकोट सुरुङमार्ग तयारी



xtunnel-jpg_pagespeed_ic_o7zqtavbiकाठमाडौं, २४ मंसिर  । काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ । सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक ९एआइआइबी०मा प्रस्ताव पेस गरेको छ ।

अर्थ मन्त्रालयले सुरुङमार्ग निर्माण गर्न चीनको बेइजिङस्थित एआइआइबीमा प्रस्तावनापत्र पेस गरेको हो । असार पहिलो साता पेस गरिएको प्रस्तावअनुसार एआइआइबीले लगानीको निर्णय गरेमा सुरुङमार्ग निर्माणको थप प्रक्रिया छिटै अघि बढ्ने भौतिक पूर्वाधार मन्त्रालयको वैदेशिक सहयोग महाशाखा प्रमुख विष्णुओम बादेले बताए ।

‘सुरुङमार्ग निर्माणका लागि एआइआइबीमा प्रस्ताव पेस भएको छ । अर्थ मन्त्रालयमार्फत एआइआइबीमा प्रस्ताव पेस भएको हो छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्ययन गरेर शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पुग्ने सुरुङमार्ग निर्माणको प्रतिवेदन तयार पारेको हो । ‘भौतिक मन्त्रालयले अध्ययन गरेर तयार पारेको प्रतिवेदन अर्थमार्फत एआइआइबीमा पेस भएको हो । लगानी जुटाउन अहिले छलफल जारी छ ।’

सुरुङमार्ग निर्माणको अनुमानित लागत आठ अर्ब रुपैयाँ छ । डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार भएपछि मात्रै लागतको यकिन हुने भौतिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुरुङको लम्बाइ ४.५ किमि भएमा चारदेखि पाँच अर्ब र ६ किमि भएमा आठ अर्ब रुपैयाँ खर्च हुने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रकाशित : २४ मंसिर २०७३, शुक्रबार ०४:०६