सुनचाँदीको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मुल्य तोलामा ३०० सय रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५०० सय रुपैयाँ कायम भएकोमा आज ९७ हजार २०० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन १२५० रुपैयाँ कायम भएको चाँदीके मुल्य शुक्रबार १० रुपैयाँले घटेर १२४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार ११:१९