एभरेष्ट बैंकको ईन्डो–नेपाल रेमिटेन्स सेवा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट बैंकको ईन्डो–नेपाल रेमिटेन्स सेवा विस्तार



everest-bank-ltd-696x440काठमाडौं, २४ मंसिर  । एभरेष्ट बैंकले भारतको पंजाब नेशनल बैंकको कुनै पनि शाखाहरुबाट सजिलै “अनलाईन” माध्यमबाट नेपाल पैसा रकमान्तर गर्ने सेवाको अझै विस्तार गरेको छ ।

बैंकले भारतको पंजाब नेशनल बैंकको सहायतामा भारतमा काम गर्ने कामदारले आफ्नो मोबाईलबाटै (पंजाब नेशनल बैंकको शाखामा नगइकन) नेपालको कुनै पनि शाखा तथा दुर्गम क्षेत्रमा अवस्थित ५ सय भन्दा बढी व्यावसायिक प्रतिनिधिहरुमा रकम पठाउन सक्ने व्यवस्था मिलाएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २४ मंसिर २०७३, शुक्रबार ११:३७