सरकारले कर कटाैती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटायाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सरकारले कर कटाैती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटायाे



काठमाडौं । सरकारले करमा कटौती गर्दै  पेट्रोलियम पदार्थको मूल्य घटाउने  घोषणा गरेको छ । 

आज शनिबार आयोजित पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।

मन्त्री बडूका अनुसार डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती भएको छ । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ 

प्रकाशित : ११ असार २०७९, शनिबार १४:४६