सिद्धार्थ डेभलपमेण्ट बैंकको २४ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ डेभलपमेण्ट बैंकको २४ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद पारित



siddhartha-development-bankकाठमाडौं, २४ मंसिर । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार बसेको बैंकको १७ औं बार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले बैंकको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तूत भएको आ.ब. २०७२/७३ को प्रतिवेदन वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण, सम्बन्धित अनूसुचीहरु समेत पारित गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीती अनुसार २०७४ साल आषाढ मसान्तसम्म विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउँदै लैजाने क्रममा मर्जरलाई प्राथमिकता दिदैं सो मात्रामा हकप्रद शेयर जारी गर्नेे प्रस्ताव पारित गरेको छ ।

सिद्धार्थ डेभलपमेण्ट बैंकमा, एकता विकास बैंक लिमिटेड बुटवल, नेपाल सरकारको स्वामित्व समेत रहेको नेपाल आवास फाइनान्स लिमिटेड काठमाण्डौं एक आपसमा गाभिई सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट २०७३ साल जेष्ठ २८ गतेबाट एकिकृत कारोबार गरेको थियो । यस साधारण सभा मर्जर पश्चातको पहिलो साधारण सभा हो । सभाले समितिमा संस्थापक शेयरधनीको तर्फबाट राम बहादुर भण्डारी, डा. ध्रुव प्रसाद ढकाल, रतनलाल अग्रवाल र डि.बि इन्भेष्टमेण्ट प्रा. लि. गरी ४ जना निर्विरोध चयन गरेको छ । उता सर्वसाधारण शेयरधनीको तर्फबाट बद्री खनाल, मिलन कुमार कार्की र एन.पि.सि.एम इन्भेष्टमेण्ट गरी ३ जना संचालकको निर्विरोध चयन गरेको छ । सभाले वार्षिक प्रतिवेदन उपर छलफल गर्दै आ.व २०७२/०७३ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसुचीहरु पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गरेको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले शाखा संजाल बिस्तारका लागी चालु आ.ब.मा बढीमा ८ स्थानमा शाखा विस्तार गर्ने जनाएको छ ।

प्रकाशित : २४ मंसिर २०७३, शुक्रबार ११:५१