अब एक पटकमा १० कित्ताभन्दा कम सेयर किनबेच « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब एक पटकमा १० कित्ताभन्दा कम सेयर किनबेच



stockकाठमाडौ २४ मंसिर । सेयरको नियमित कारोबारमा बजार मूल्य प्रभावित नहुने गरी अब एक पटकमा १० कित्ताभन्दा कम सेयर किनबेच हुने व्यवस्था लागू हुने भएको छ ।  यो व्यवस्था लागूू गराउन नेपाल स्टक एक्सचेञ्जले गृहकार्य थालेको र यो व्यवस्था भएपछि हाल नियमित कारोबारमा १० कित्ताभन्दा कम सेयर किनबेच गर्न नपाइने नियम स्वतः हट्नेछ ।    नेप्सेका प्रवक्ता मुुराहरि पराजुलीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १० कित्ता भन्दा कम सेयर पनि किनबेच हुनसक्ने व्यवस्था मिलाउन गृहकार्य तीव्र पारिएको बताएका हुन् । उनका अनुसार एक कित्ता सेयर समेत दोश्रो बजारमा किनबेच गर्न पाइने नयाँ व्यवस्थाको परीक्षण एक महिनाभित्रमा हुने दाबी समेत गरेका छन् ।  ”यही व्यवस्था मिलाउनका लागि नेप्सेले सिस्टम निर्माता कम्पनी ऋयmमबनको स्थानीय प्रतिनिधि वाइसीओ प्रालिलाई निर्देशन दिइसकेको छ ।” विज्ञप्तिमा भनिएको छ-”सो कम्पनीले एक महिनाभित्र उक्त कार्य सम्पन्न गरी परीक्षणमा जानसकिने जानकारी गराएको छ ।”

प्रकाशित : २४ मंसिर २०७३, शुक्रबार १२:०७