एभरेष्ट इन्स्योरेन्सको नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट इन्स्योरेन्सको नाफा घट्यो



eic1_4_6_2016_3_16_23काठमाडौ २४ मंसिर । एभरेष्ट इन्स्योरेन्सको नाफा घटेको छ । यो इन्स्योेरेन्स कम्पनीको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.४८ प्रतिशतले घटेको हो ।

कम्पनीले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको खूद नाफा १० लाख ५१ हजारमा सीमित बन्न पुुगेको हो । अघिल्लो आबको यही अवधिमा खूद नाफा १५ लाख १२ हजार रुपैयाँ थियो ।

कम्पनीको प्रिमियम तर्फको आम्दानी भने बढेको छ । अघिल्लो वर्षको यही अवधिमा १ करोड ९० लाख रुपैयाँ रहेकोमा यो वर्ष बढेर २ करोड ९६ लाख रुपैयाँ पुगेको हो ।

एभरेष्ट इन्स्योरेन्सको चुक्तापूँजी १० करोड १२ लाख छ । कम्पनीको जगेडा कोष पनि घटेको छ । १४ करोड ४१ लाख रुपैयाँ रहेको जगेडा कोष घटेर १२ करोड १३ लाख भएको हो ।

कम्पनीको विमा कोष चाहि ४ करोड ८८ लाखबाट बढेर ९ करोड ९२ लाखको उचाईमा पुुगेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३१८.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१५६.३६ गुुणा कायम भएको छ ।

प्रकाशित : २४ मंसिर २०७३, शुक्रबार १२:२१