सुनको मुल्यमा सामान्य बृद्धि, ताेलाकाे कति पुग्याे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य बृद्धि, ताेलाकाे कति पुग्याे ?



काठमाडौं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १५ असार २०७९, बुधबार ११:१७