लुम्बिनीकी राज्यमन्त्री बिमला वलीले दिइन् राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

लुम्बिनीकी राज्यमन्त्री बिमला वलीले दिइन् राजीनामा



काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री बिमला वलीले पदबाट राजीनामा दिएकी छन। बुधबार उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन् ।

जेठ अन्तिम साता दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि उनी विवादित बनेकी थिइन् । प्रदेश सरकारले वलीमाथि छानबिन गर्न समिति समेत गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन आउनुअघिनै उनले राजीनामा दिएकी हुन् ।

प्रकाशित : १५ असार २०७९, बुधबार १३:३२