‘सहकारीमा ब्याजलाई हैन सञ्चालक र जगेडा कोषको अवस्थालाई ख्याल गर्नुस्’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘सहकारीमा ब्याजलाई हैन सञ्चालक र जगेडा कोषको अवस्थालाई ख्याल गर्नुस्’



काठमाडौ २५ म‌सिर । त्रिपल एम बचत तथा ऋण सहकारी संस्थाले सातौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । राजधानीमा आयोजित साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष टेक प्रसाद चौलागाईले सबै सहकारी संस्थाहरुले समाजप्रति उत्तारदायी भएर काम गर्न आग्रह गरे ।

सहकारीले आर्थिक विकासलाई टेवा पर्याउने भन्दै ३३ हजार सहकारीमा केही सहकारीले गल्ती गरे भन्दैमा सबैलाई एकै नठान्न आग्रह गरे ।  उनले सहकारीमा सदस्य बन्न चाहनेहरुलाई कति प्रतिशत ब्याज आँउछ भन्दा पनि सञ्चालकका बारेमा जान्न, जगेडा कोषको अवस्थाका बारेमा जानकारी लिन आग्रह गरे ।

15424493_1262358593787351_1373346318_n

सहकारीको संस्थाले गत आर्थिक वर्ष २०७१÷२०७२ मा सेयर पुँजी चार करोड ५८ लाख एक हजार पाँच सय रुपैयाँ, जगेडा कोषमा ६ लाख ८२ हजार तीन सय ७३ रुपैयाँ, निक्षेप संकलन एक करोड ९० लाख ५९ हजार पाँच सय ८६ रुपैयाँ रहेको छ । यस्तै सहकारीले ६ करोड ५४ लाख ४७ हजार आठ सय ७८ रुपैयाँ ऋण लगानी गरेको सहकारीले ४ लाख १९ हजार ५९ रुपैयाँ आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७२÷७३ मा सहकारीको सेयर पुँजी तीन करोड ९२ लाख ६ हजार पाँच सय रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ लाख ९५ हजार आठ सय ८६ रुपैयाँ रहेको छ । सहकारीले ६ करोड ४२ लाख सात हजार ६ सय ५९ रुपैयाँ निक्षेप संकलन गरेर ६ करोड ९३ लाख ४८ हजार दुई सय ३१ रुपैयाँ ऋण लगानी गरेको छ । यो अवधिमा सहकारीले पाँच लाख १३ हजार पाँच सय १२ रुपैयाँ खुद आम्दानी गरेको छ ।
सहकारीले आगामी आर्थिक वर्ष २०७३÷७४ मा सेयर पुँजी चार करोड ६० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ भने नौ करोड निक्षेप संकलन गरेर नौ करोड ९७ लाख रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य राखेको छ । यस्तै आव २०७३÷७४ मा ४० लाख ब्याज आम्दानी र ५५ लाख अन्य ब्याज आम्दानी गर्ने लक्ष्य राखेको जनाएको छ ।सहकारीले हाल उपत्यकाका पाँच वटा वडामा कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ ।

प्रकाशित : २५ मंसिर २०७३, शनिबार १५:३०