सहकारी विभागद्वारा ऋण र रोक्का जग्गाको विवरण पठाउन निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी विभागद्वारा ऋण र रोक्का जग्गाको विवरण पठाउन निर्देशन



काठमाडौं । पुराना साझा (सहकारी) संस्थाको सम्पत्ति तथा दायित्व एकिन गर्न तथा सदस्यको ऋण व्यवस्थापन गरी रोक्का भएका जग्गा फुकुवा हुने भएको छ । विभागले सूचना प्रकाशित गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको निर्णय अनुसार उक्त विवरण पठाउन निर्देशन दिएको हो ।

विभागका रजिष्ट्रारको संयोजकत्वमा गठन भएको कार्यदलको बैठकको निर्णयबाट साविकका संस्थामा आवद्ध रहेका सदस्यहरुले संस्थागत २०४९ जेठ २ अगावै गरेको ऋणको कारोबारबाट उल्लेखित विषयहरु स्पष्ट रुपमा खुल्नेगरी आगामी साउन १७ गते भित्र पठाउन निर्देशन दिएको छ ।

संस्थाले साझा (सहकारी) संस्थालाई हालसम्म तिर्न बाँकी रहेको साँवा, ब्याज, हर्जना समेत जम्मा तिर्नुपर्ने दायित्व रकम, संस्थाका सदस्यको नाममा रोक्का रहेको घरजग्गा र रोक्का राख्ने बैंकको विवरण तथा संस्थाका सदस्यलाई ऋण प्रवाह गर्ने शिलशिलामा तत्कालिन साझा (सहकारी)संघ संस्थाले कृषि विकास बैंकसँग लिएको ऋणको विवरण पठाउनु पर्ने छ ।

विभागले प्रदेश शहकारी मन्त्रालय, प्रदेश रजिष्ट्रारको कार्यालय तथा सबै स्थानीय तहहरु र सहकारी महासंघ, केन्द्रीय सहकारी संघ, एंव जिल्ला संघलाई समेत विवरण भर्न सहजिकरण गर्न अनुरोध गरेको छ ।

प्रकाशित : १६ असार २०७९, बिहीबार ११:०३