जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर सेयरधनीको डिम्याट खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर सेयरधनीको डिम्याट खातामा



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर हितग्राही (डिम्याट) खातामा पठाएको छ । लघुवित्तले वितरण गरेको २५ प्रतिशत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको हो ।

लघुवित्तले २०७८ पुस ३० गते सम्पन्न भएको ११औं वार्षिक साधारण सभाबाट संस्थाका शेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशत बोनश शेयर प्रदान गर्ने बिशेष प्रस्ताव पारितभए बमोजिम उक्त बोनश शेयर शेयरधनीहरुलाई वितरण शेयरधनी दर्ता पुस्तिका बन्द हुदाँ अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको खातामा असार १४ गतेदेखि वितरण सुरु गरेको हो ।

त्यसका साथै, भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले संस्थाको शेयर अभौतिकिकरण भए पश्चात स्वत शेयरधनीहरुको खातामा जम्मा गरिने हुदाँ आफ्नो शेयर अभौतिकरण गर्ने कम्पनीले भनेको छ । लघुवित्तको संस्थाको शेयर रजिष्ट्रारका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १६ असार २०७९, बिहीबार १४:१७