बीपीडब्लु लघुवित्त आइपीओ निष्काशनको माग गर्दै पुग्याे बोर्डमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीपीडब्लु लघुवित्त आइपीओ निष्काशनको माग गर्दै पुग्याे बोर्डमा



काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले असार ८ गते आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ९७ हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । कुल ९७ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन हुने जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ छ । आइपीओ निष्काशन पछि भने यसको चुक्ता पुँजी ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट रहेको छ ।

प्रकाशित : १६ असार २०७९, बिहीबार १४:३०