गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरी वृतलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरी वृतलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण



काठमाडौं । गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक कार्यहरु गर्दै आईरहेको छ । यसैलाई नै निरन्तरता प्रदान गर्दै बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा असार १६ गते बिहिबार ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ ।

बैंकले बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न उक्त ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।

हाल,गरिमा विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : १६ असार २०७९, बिहीबार १५:४६