जेठसम्ममा निर्जीवन बीमा कम्पनीको ३४ अर्ब १५ करोड बीमा शुल्क आर्जन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

जेठसम्ममा निर्जीवन बीमा कम्पनीको ३४ अर्ब १५ करोड बीमा शुल्क आर्जन



काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको जेठ मसान्तसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरूले ३४ अर्ब १५ करोड ८८ लाख २१ हजार रूपैयाँ कुुल बीमाशुल्क संकलन गरेका हुन् ।

जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा कुल २५ लाख १७ हजार ३१५ वटा बीमालेख जारी गरी सो रकम संकलन गरेका छन् । कम्पनीहरूले जेठ महिनामा १ लाख ६७ हजार १० वटा बीमालेख जारी गरी २ अर्ब ९६ करोड १६ लाख ९८ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अबधिमा कुल बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अगाडी रहेको छ । चालु आर्थिक वर्षको जेठसम्ममा शिखरले सबैभन्दा धेरै ४ अर्ब ४० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमाशुल्क आर्जनमा शिखर पछि सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले यस अवधिमा २ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै नेको इन्स्योरेन्सले २ अर्ब ६१ करोड रुपैयाँ, सिदार्थ इन्स्योरेन्सले २ अर्ब २४ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सले २ अर्ब १० करोड रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स रहेको छ । नेशनलले यस अवधिमा ८० करोड १५ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ ।

प्रकाशित : १६ असार २०७९, बिहीबार १७:३३